५ वैशाख २०८१ बुधबार
समाज

मुगुमा ट्राफिक प्रहरीले काम थाल्ने

मुगु- जेठ पहिलो साताबाट जिल्लामा यात्रु बाहक बस सेवा सुरु भए पछि ट्राफिक सेवा सुरु हुने भएको छ। जिल्लामा जेठ २५ गतेबाट ट्राफिक सेवा सुरु हुने भएको हो।
जिल्लामा मालबाहक ट्याक्टर, ट्रक, यात्रु बाहक जीप, बसको चाप बढ्न थाले पछि क्षेत्रीय ट्राफिक कार्यालय नेपालगञ्जलाई सडक सुरक्षा तथा सडक दुर्घटना रोक्न ट्राफिक प्रहरीको दरबन्दि कायम गरि दिन लेखि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले ट्राफिक व्यवस्थापनका लागि क्षेत्रीय कार्यालयले एक जना हवल्दारको दरबन्दी कायम गरि दिएको प्रहरी निरीक्षक लोगबहादुर जिसीले बताए। मंगलबार देखि अस्थायी ट्राफिक प्रहरी कार्यालयको स्थापना गरिने छ।
 सिट क्षमता भन्दा बढि यात्रु बोक्ने, चालक अनुमति पत्र नबोक्ने चालक, मदिरा सेवन गरि सवारी चलाउने लगायतका गति विधी रोक्न जन चेतना मुलक कार्यक्रम सञ्चालन समेत गरिने प्रहरीले जनाएको छ।  विद्यार्थी , शिक्षक, सर्व साधारणका लागि पनि ट्राफिक नियम सम्बन्धि चेतना मुलक कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी हवलदार मोहनराम परियारले बताए।

 

प्रकाशित: २४ जेष्ठ २०७३ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App