coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रजातन्त्रवादी प्राध्यापक सङ्घमा तिमल्सेना विजयी

काठमाडौं—नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्षमा प्राध्यापक जगत तिमल्सेना निर्वाचित भएका छन्। यही फागुन २० र २१ गते त्रिवि कीर्तिपुरमा चलेको चौथो महाधिवेशनबाट तिमल्सेना आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशसिंह प्रधानलाईपछि पार्दै निर्वाचित भएका हुन्।

यस्तै प्रथम उपाध्यक्षमा प्राडा पृथ्वीविक्रम राई, सामुदायिक क्याम्पस उपाध्यक्षमा प्रा अनन्त ढुङ्गाना र काठमाडौँ उपत्यका उपाध्यक्षमा प्रा कृष्णकान्त पराजुली निर्वाचित भएका छन्। 

यसैगरी प्रदेश नं १ उपाध्यक्षमा प्रा शैलेन्द्र शिवाकोटी, प्रदेश नं २ मा प्रा अनिलकुमार यादव, प्रदेश नं ३ मा प्रा विष्णुप्रसाद गौतम, प्रदेश नं ४ मा प्रा कमलराज सापकोटा, प्रदेश नं ५ मा प्रा मदनप्रसाद कट्टेल, प्रदेश नं ६ मा प्रा प्रेमबहादुर थापा र प्रदेश नं ७ मा प्रा जगन्नाथ जोशी निर्वाचित भएका छन्। 

यस्तै महाचिवमा प्रा राजेन्द्र गौतम, सचिवद्वयमा प्रा जगतरत्न मल्ल र प्रा डा विष्णुप्रसाद पोखरेल तथा कोषाध्यक्षमा प्रा डा सविनासिंह श्रेष्ठ निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रा डा चेतराज भट्टले जानकारी दिए।

पदाधिकारीसहित कुल ३१ पदका लागि निर्वाचन भएको थियो। महाधिवेशनमा कुल मतदाता एक हजार दुई ७२ रहे पनि नौ सय ६९ मत खसेको थियो। रासस

प्रकाशित: २२ फाल्गुन २०७३ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App