८ वैशाख २०८१ शनिबार
समाज

बाघको आक्रमणबाट दुई महिला घाइते

रामबहादुर कुँवर

अछाम– अछाम जिल्लाको साफेबगर नगरपालिकामा जंगली जनावर बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन्। शनिबार बिहान साफेबगर नगरपालिका वडानम्वर १० रिडिकोटका  स्थानीय मोतीसरा कुमाल र ललिता कुमाल घाइते भएका हुन्।

जंगलबाट गाँउतिर छिरेको बाघको आक्रमणबाट धारोमा नुहाउने  क्रममा ३५ वर्षीया मोतीसरालाई आक्रमण गरी खुट्टामा चोट लागेको र ४५ वर्षीया ललितालाई बाटोमा जाने क्रममा आक्रमण गर्दा टाउकोमा चोट लागेकोे स्थानीय भरत कुमालले बताएका छन्।

बाघले तीन चार दिन पहिले सोही गाँउमा एक वर्षीय बालकलाई समेत आक्रमण गर्दा बालकको मृत्यु भएको थियो। सख्त घाइते दुवैलाई बयालपाटा अस्पतालमा उपचार भइरहेको कुमालले जानकारी दिएका छन्। केही दिनयता यस गाँउको वरिपरि बाघको विगविगी बढेकोले स्थानीय त्रसित बनेका छन्।

बाघले मानिसलाई आक्रमण गरेर त्रसित बनाएपछि बाघ नियन्त्रणका लागि सम्बन्धित निकाय जिल्ला बनकार्यलय र नेपाल प्रहरीलाई पत्राचार गरी नियन्त्रणका लागि जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले जानकारी दिए। शनिबारबाट नै बाघ नियन्त्रणको प्रयास गरिने शर्माले बताए।

 

प्रकाशित: २५ असार २०७३ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App