७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि भारतीय नागरिकको हत्या

अमेरिकामा फेरि एक भारतीय नागरिकको हत्या भएको छ। वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक 'आफ्नो देश फर्क' भन्दै ४३ वर्षिय हारनिस् पटेल माथि गोली प्रहार गरेका थिए। पटेलले अमेरिकामा व्यवसाय गर्दै आएका थिए।

उनलाई घरको आँगन अगाडी नै गए राती ८ बजे गोली हानिएको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २२ फ्रेब्रुअरीमा अमेरिकाको केन्सासमा एक भारतीय मुलका इन्जिनियरको हत्या भएको थियो।

उक्त घटनाको एक साता नबित्दै अर्को यस्तै प्रकृतिको घटना भएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भए सँगै आप्रवासीहरु माथि घृणाको भाव बढेको छ। यसको शिकार भारतीय नागरिक पनि भएका छन्।

प्रकाशित: २२ फाल्गुन २०७३ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App