नेपालमा लगानी गर्न उपयुक्त समय हो : उपाध्यक्ष पन्त

आइतबार, २२ फागुन २०७३, १३ : ४३ नागरिक

भियना—गैरआवासीय नेपाली संघ अष्ट्रियाले साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो।

नेपाल सम्वृद्ध नहुँदा विदेशी भूमिमा नेपाली हेपिनु परेको अनुभव उनले सुनाए। ‘हामी अफ्रिकीहरुलाई गरिब भन्थ्यौं अहिले उल्टो उनीहरु नेपाललाइै ल्यान्ड अफ डान्सिङ गर्ल भन्न थालेका छन्’, मुलुक गरिब भएकै कारण यो अवस्था आएको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपाली नियोग एनआरएनएसँग मिलेर काम गर्न तयार रहेको बताए। आफ्नो जिम्मेवारी अहिले राष्ट्रसंघका लागि मात्र रहेका कारण अष्ट्रियाका नेपालीलाई प्रत्यक्ष सेवा पु¥याउन प्राविधिक कठिनाइ भइरहेको जनाए।

एनआरएनए उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानी गर्न सही समय भएको भन्दै  विश्वभर छरिएर रहेका नेपालीले सिकेको ज्ञान, सीप र पूँजी स्वदेश फर्काउन आह्वान गरे।

पोर्चुगलमा दूतावास स्थापनाका लागि एनआरएनएले पहल गरिरहेको जानकारी दिँदै उनले दूतावास नहुँदा युरोपका धेरै मुलुकमा नेपालीले दुःख पाइरहेको उल्लेख गरे। ‘दशौं वर्षको प्रयासपछि स्पनेबासी नेपालीको पहलमा आज दूतावास खुल्ने भएको छ। अष्ट्रियाको दूतावाबासबाट सबै सेवा सञ्चालन गर्नका लागि म पहल गर्नेछु’, उनले भने।

एनआरएन अभियानका पुराना दिन सम्झँदै उपाध्यक्ष पन्तले १४ वर्ष अगाडि संस्था स्थापना हुँदा करिब २० लाख नेपाली मात्र देशबाहिर रहेको जानकारी दिए। ‘अहिले नेपाल बाहिर अर्को नेपाल बनेको छ। ५० लाखभन्दा बढी नेपाली मुलक बाहिर छन्’, उनले भने।

नेपाल सम्वृद्ध नहुँदा विदेशी भूमिमा नेपाली हेपिनु परेको अनुभव उनले सुनाए। ‘हामी अफ्रिकीहरुलाई गरिब भन्थ्यौं अहिले उल्टो उनीहरु नेपाललाइै ल्यान्ड अफ डान्सिङ गर्ल भन्न थालेका छन्’, मुलुक गरिब भएकै कारण यो अवस्था आएको उनको भनाइ थियो।

युरोपमा सयौं नेपालीले होटल र रेष्टुराँ सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले अवसर पाए नेपालीले काम गर्न सक्छन् भनेर प्रमाणित भइसकेको उल्लेख गरे।
एनआरएन अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडाको अध्यक्षतामा भएको साधारणसभाले विधान संशोधन गर्दै महासचिव गोपालबाबु श्रेष्ठले पेश गरेको वार्षिक र कोषाध्यक्ष विनो खड्काले पेश गरेको प्रतिवेदन पारित गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad