८ वैशाख २०८१ शनिबार
समाज

ट्याक सडकमा बलेरो दुर्घट्ना, ड्राइभरले हाम फालेर ज्यान बचाए

सिन्धुली- बिपी राजमार्गअर्न्तगत सिन्धुलीको सित्तलपार्टी गाविसमा बनाइएको वैकल्पिक मार्गबाट पिकअप बोलेर दुर्घट्ना भएको छ। सिराहाबाट माछा बोकेर काठमाडौंतर्फ जाँदै गरेको ज१च १०३७ नम्बरको पिकअप बोलेर सित्तलपार्टी ९ बेनीमा दुर्घट्ना भएको स्थानीयले जनाएका छन्।

बिपी राजमार्ग भत्किएर सुनकोसीमा खसेपछि बनाइएको वैकल्पिक मार्गबाट बलेरो खसेर बिपी राजमार्गमा पुगेको थियो। ट्याक सडक र उकालो भएकाले ब्रेक फेल भई दुर्घट्ना भएको चालकले जनाएका छन्। गाडी दुर्घट्नामा पर्न लागेको थाहा पाएर चालक हाम फालेर जोगिएका हुन्। दुर्घट्ना भएको बलेरो झन्डै एक सय मिटर तल रहेको बिपी राजमार्गमा पुगेको छ। गाडीमा रहेको माछा जताततै छरपस्ट भएको स्थानियले बताएका छन्।

गत दुई साता अगाडि बिपी राजमार्गस्थित सित्तलपार्टी गाविसको बेनिघाटमा राजमार्ग भत्किएर सुनकोसीमा पुगेपछि एकतर्फी सुचारु हुने गरी पुरानै ट्याक सडकलाई मर्मत सम्भार गरी सवारी सुचारु हुँदै आएको छ। 

प्रकाशित: २२ फाल्गुन २०७३ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App