८ वैशाख २०८१ शनिबार
खेल

केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा टोली घोषणा

काठमाडौं- नेपालमा हुने केन्याविरुद्धको खेलका लागि नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा मेहबुब आलमले पुनरागमन गरेका छन् भने यु-१९ का सुनिल धमला र दिपेन्द्र सिंह ऐरीलाई पनि टोलीमा समावेश गरिएको छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आउँदो शनिबार र सोमबार हुने खेलका लागि उपकप्तानमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन्।

अभिनाश कर्ण, भुवन कार्की, राजेश पुलामी र दिलप नाथलाई वैकल्पिकमा राखिएको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७३ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App