८ वैशाख २०८१ शनिबार
अर्थ

तस्करलाई सशस्त्र प्रहरीकै सहयोग

कपिलवस्तु- कपिलवस्तुको सीमा नाका चाकरचौडाबाट केही महिनायता तस्करी बढेको छ। सशस्त्र प्रहरीकै मौन सर्मथनमा अवैध ओसारपसार, तस्करी, राजस्व छली बढेको हो। चार महिनायता भारतीय बजारसँग जोडिएको चाकरचौडा नाकाबाट किराना, इलेक्ट्रोनिक्स, कस्मेटिक सामान, चामल, दाल, चल्ला, सुर्तीजन्य पदार्थ, लत्ताकपडा र खाद्यान्न तस्करी भइरहेको छ।

स्रोतका अनुसार तस्करीमा सशस्त्र प्रहरीकै सहयोग रहेको छ। सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहे पनि बिनाभन्सार मालसामान भित्रिनुले उक्त आशंका पुष्टि गर्ने स्रोतको दाबी छ। सो नाका हुँर्दै भारतबाट खुलेयाम मालसामान ल्याइन्छ। गत फागुन ६ गते सोही नाकाबाट बिनाभन्सार लु २१ प ८७१६ नम्बरको प्यासन प्रो मोटरसाइलमा एक सय ५० केजी चिनी भिœयाइएको थियो। सशस्त्र प्रहरीले छोटी भन्सार कार्यालय पार गरेलगत्तै डुमरा–४ का प्रभु गुप्तालाई चिनीसहित पक्राउ गर्‍यो। केही घन्टामै सशस्त्र प्रहरी निरीक्षक अरुणकुमार सिंहले १० हजार रुपैयाँ लिएर मोटरसाइकल र गुप्तालाई छाडेको चाकरचौडाका व्यापारी बताउँछन्।

नियन्त्रणमा लिएको चिनी केही दिन क्याम्पमा राखी सिंहले चाकरचौडाका व्यापारीलाई बेचे। यस्तै फागुन ८ गते सोही नाकाबाट छिराइएको २५ हजार मूल्यको बीउबिजन सशस्त्रले पक्रियो। मोलमोलाइ नमिलेपछि प्रहरी निरीक्षक सिंहले सो बीउ क्याम्पमै राखेका छन्।

निरीक्षक सिंहले २० हजार मागेको, व्यापारीले १० हजारमात्र दिने भनेपछि माल नछाडेको स्रोतले बतायो। गत फागुन ६ र ८ गते बरामद चिनीको विषयमा निरीक्षक सिंहले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्मेली र भन्सार कार्यालयलाई अझसम्म जानकारी नगराएको सशस्त्र प्रहरी स्रोतले बतायो।

उता पिपरा गाविसस्थित गौरा नाकाबाट बालुवा भारत पुर्‍याउन उनले तस्करलाई सघाएको बताइन्छ। दैनिक पाँच ट्याक्टर बालुवा भारततर्फ अवैध निकासी हुने गरेको गौरा नाकाका स्थानीय बताउँछन्। निरीक्षक सिंहले प्रतिट्याक्टर पाँचदेखि सात हजार रुपैयाँसम्म असुल्ने गरेका छन्। पटकपटक गरी नियन्त्रणमा लिइएको तीन सय केजी चिनीसमेत निरीक्षक सिंहले चाकरचौडामा रहेका चिया पसलेलाई बेचेको बजारमा चर्चा छ।

यस्तै लक्ष्मण नाम गरेका तस्करले हप्ताको पाँच हजार सिंहलाई बुझाएर खुलेयाम भारतीय कपडा भिœयाउने गरेका छन्। भारत सरकारले प्रतिबन्ध लगाएको दालसमेत त्यही नाकाबाट व्यापक रुपमा ल्याइन्छ। चाकरचौडाका एक व्यापारीले प्रहरी निरीक्षक सिंहले लाइन मिलाएर खुलेयाम तस्करी गराउने गरेको दाबी गरे। तस्करसँग सय–दुई सय पनि उनले उठाउने गरेको ती व्यापारीको दाबी छ।

'पेट्रोल, रिचार्ज कार्डसमेत मागेर हैरान पार्छन्,' उनले भने। पकडी–६ सेमराका राजेन्द्रप्रसाद चौधरीले चाकरचौडाबाट बस, जिप, मोटरसाइकलमा दिनहँु बोराका बोरा चिनी, दाल लगायत सामग्री आउने गरेको बताए।

'यो बाटो हुँदै खलेयाम माल जाने गर्छ तर कसैले पक्राउ गर्न चासो दिँदैन,' उनले भने। त्यस विषयमा जानकारी लिन स्थलगत रुपमा सशस्त्र प्रहरीको चाकरचौडा क्याम्प पुगेका सञ्चारकर्मीलाई निरीक्षक सिंहले आफूले लाइन नमिलाएको र पक्राउ मालको बारेमा बर्मेली क्याम्पमा जानकारी गराएको दाबी गरे।

'सकेसम्म तस्करी नियन्त्रणका लागि प्रयास गरेको छु, खुला सीमाले गर्दा नियन्त्रण गर्न गाह्रो छ,'  उनले भने। पक्राउ गरेको डेढ क्विन्टल चिनी र बीउबारे प्रतिक्रिया लिन खोज्दा उनले स्पष्ट जवाफ दिएनन्।

उनी 'सीमा नाकामा यस्तै हो तपाईंहरुलाई सबै थाहै छ' भनी पन्छिए। उता  सशस्त्र प्रहर उपरीक्षक सुदेश गुरुङले चाकरचौडा नाकाबाट तस्कारी भए, नभएको विषयमा आफूलाई जानकारी नभएको बताए। नाकामा पक्राउ गरिएको माल भन्सारमा बुझाउने गरिएको उनले बताए। चाकरचौडामा तस्करी बढेको विषयमा अनुसन्धान अघि बढाउने र प्रमाण फेला परे कारबाही गरिने उनले दाबी गरे।

प्रकाशित: २२ फाल्गुन २०७३ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App