coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ओबामाले फोन टेप गरेको ट्रम्पको आरोप

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदमा विजयी हुनु भन्दा एक महिना अघि निर्वतमान राष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टेप गरेको आरोप लगाएका छन्। शनिबार बिहानै ट्विट गर्दै उनले उक्त आरोप लगाएको बिबिसीले जनाएको छ। उनले ट्विटमा ओबामा प्रशासनले राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प टावरस्थित उनको कार्यालयको फोन टेप गराएको दावी गरेको 'दी गार्जियन'को अनलाइन संस्करणमा जनाइएको छ।

न्युयोर्कमा रहेको ट्रम्प टावरस्थित उनको कार्यालयको फोन ओबामा प्रशासनले टेप गराएको ट्रम्पको दावी छ।

उनले यस विषयमा सुरुमा अदालत जाँदा अदालतले टेप गरेको कुरा अस्वीकार गरेको पनि ट्विटमा लेखेका छन्। उनले यस्तो भन्दै गर्दा आरोप प्रमाणित गर्ने कुनै तथ्य भने दिएका छैनन र कुन अदालतमा जाहेरी दिएको भन्ने विषयमा पनि केही नबोलेको बिबिसीले जनाएको छ।

गत हप्ता विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार 'फरेन इन्टलिजेन्स सर्भिलिएन्स कोर्ट (फिसा)' ले एफबिआईलाई गत गर्मी याममा रसियासँग ट्रम्पका सदस्यले गर्ने शंकास्पद गतिविधि माथि निरीक्षण गर्नका लागि कडा निर्देशन दिएको थियो।

सुरुमा अदालतको उक्त आदेश असफल भएको थियो तर पछि अक्टोबरमा पुनः उक्त आदेश स्वीकृत भएको मिडियाले जनाएका छन्।

यसबारेमा ह्वाइट हाउसले भने कुनै औपचारिक धारण बाहिर ल्याएको छैन र अदालतको उक्त निर्णय पूर्ण अनुसन्धान  भए नभएको बारेमा पनि केही बताइएको छैन।

ट्रम्पको आरोपमा हालसम्म निर्वतमान राष्ट्रपति बाराक ओबामाले भने केही प्रतिक्रिया नजनाएको बिबिसीले जनाएको छ। 

यसैबीच राष्ट्रपति ट्रम्पले विवादमा मुछिएका महान्यायाधिवक्ता जेफ सेसन्सको प्रतिरक्षामा पनि ट्विट गरेका छन्। सेसन्सले राष्ट्रपतीय निर्वाचनको अभियानका क्रममा अमेरिकाका लागि रसियन राजदुतसँग भेटेको बारे भएको संसदीय सुनुवाईमा झुठ बोलेको खुलासा भएपछि उनको चौतर्फी आलोचनासहित पदबाट राजिनामासमेत माग भएको छ।

गत जनवरीमा अमेरिकको राष्ट्रपति भएदेखि नै ट्रम्पका सहयोगी एकपछि अर्को विवादमा तानिएका छन्। यसअघि पनि ट्रम्प प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्िलनलाई नियुक्तिको चार हप्तापछि राजिनामा दिन बाध्य बनाइएको थियो। राष्ट्रपतीय निर्वाचनको अभियानका क्रममा उनले पनि अमेरिकाका लागि रसियाका राजदुतसँग गोप्य छलफल गरेको प्रमाणित भएको थियो।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App