coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्षेत्रीय कारागार झुम्कामा एक कैदीको मृत्यु

इटहरी- क्षेत्रीय कारागार झुम्का सुनसरीमा एक जना कैदीको मृत्यु भएको छ। कारागारको ब्लक नं. १ मा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लमजुङ पुलेनीका ३६ बर्षीय पूर्णबहादुर गुरुङ्को शुक्रबार राति मृत्यु भएको हो।

उच्च रक्तचापका रोगी गुरुङ कारागारको आन्तरिक प्रशासनको सहनाइके रहेकोमा राति खटिएको बेला एक्कासी लडेर सिकिस्त भएकोमा उपचार गर्न लाने क्रममा १० बजे मृत्यु भएको जेलर गणेश अधिकारीले बताए। गुरुङ २०६९ देखि २०८९ असार ८ गतेसम्म लमजुङ अदालतले कैद ज्यान मुद्दामा कैद सजाय तोकेर केही समय त्यहाँ बसी गोरखा हुदैं २०७२ फागुन २ गते क्षेत्रीय कारागार झुम्का सुनसरीमा स्थानान्तरण भएर आएका थिए। 

क्षेत्रीय कारागार झुम्कामा साउनयता गुरुङ्सहति १३ जनाको मृत्यु भइसकेको छ । साउनदेखि फागुन २० गते सम्म ब्लक नं. १ का ८ जना र ब्लक नं. २ मा पाँच जनाको मृत्यु भएको हो ।

प्रकाशित: २१ फाल्गुन २०७३ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App