७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

काँकडभित्ता- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

उनले मेची-महाकाली अभियान संविधान कार्यन्वयनको एउटा पाटो भएको बताए। यस्तो अभियान अरु कसैले गर्नपनि नसक्ने ओलीको दाबी थियो। 'संविधान कार्यन्वयन गर्नकै निम्ति पार्टीले यो अभियान सञ्चालन गरेको हो। यस्तो अभियान अरु कसैले सञ्चालन गर्न सक्दैन,' उनले भने।

अध्यक्ष ओलीले एक नम्बर प्रदेशका इन्चार्ज भीम आचार्यलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर अभियानको थालनी गरेका थिए। पार्टीले आजै झापाको विर्तामोड र दमकमा अभियान सञ्चालन गर्दैछ।

तस्बिर : राजु अधिकारी

प्रकाशित: २१ फाल्गुन २०७३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App