coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बसमा आगो लाग्दा एकको मृत्यु

दाङ- बसमा आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ। घोराहीस्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसमा शनिबार बिहान साढे १ बजेतिर आगो लाग्दा बसमा सुतेका एक ब्यक्तिको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

बसपार्कमा रोकिराखेको ना३ख  ९०२२ मा आगो लागेको थियो। आगोले बस पूर्णरुपमा क्षेतीग्रस्त भएको छ। आगलागीको कारण भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App