एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

शनिबार, २१ फागुन २०७३, ०८ : २७ राजु अधिकारी  | @rajuadhikari14

विर्तामोड- नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २२ जनालाई मनोनित गरेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा रघुवीर महासेठ, धर्मनाथ प्रसाद साह, रामचन्द्र यादव, धर्मनाथ यादव, गंगा यादव, रामदयाल मण्डल, रविन्द्र वैठा, रामचन्द्र साह, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन्।

त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा जुली महतो, नारदमणि राना, मन्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, महोम्मद हारौं, सरोज यादव, सुधीर शाह, मोहम्मद हफत र सरला यादव छन्।

बैठकले केन्द्रीय सल्लाहकारमा हनुमान चौधरी र प्रदेश नम्बर ७ मा मायाराम चौधरीलाई पनि मनोनित गरेको पार्टीका प्रचास प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले आजदेखि झापाबाट मेची-महाकाली अभियान सुरु गर्दैछ। जसका लागि पार्टीका सबै पदाधिकारी अहिले झापामा छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad