coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

न्होम पेन (कम्बोडिया)— पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।

'मेरो अनुपस्थितिको बेला सिनेटका अध्यक्ष सम्डेच से छुमले कम्बोडियो अधिराज्यको राज्य प्रमुखका रुपमा काम गर्नुहुने छ', सन्देशमा भनिएको छ।

नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार चीन गएको सरकारी अधिकारीले जानकारी दिएका छन्। 

चीनतर्फको प्रस्थानको क्रममा न्होम पेन अन्तररार्ष्ट्रिय विमानस्थलमा कम्बोडियाको शाही परिवार, प्रधानमन्त्री सम्डेच टेचो हुन सेन र कम्बोडियाका लागि चीनका राजदुत सिओङ बोसहित उच्चअधिकारी देखिएका थिए। 

बेइजिङ जाने बेलामा कम्बोडियाका जनताका लागि शाही परिवारको तर्फबाट जारी गरिएको सन्देशमा कम्बोडियाका राजा सिहमोनीले आफ्नो स्वास्थ्य परीक्षणका लागि बेइजिङ जान लागेको उल्लेख छ। 

'मेरो अनुपस्थितिको बेला सिनेटका अध्यक्ष सम्डेच से छुमले कम्बोडियो अधिराज्यको राज्य प्रमुखका रुपमा काम गर्नुहुने छ', सन्देशमा भनिएको छ। 

उनले प्रायःजसो एक वर्षमा दुई पटक चिनियाँ चिकित्सकबाट नियमितिरुपमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। पछिल्लो समय उनले गत वर्षको जुलाइमा स्वास्थ्य परीक्षण गराएका थिए।

 

प्रकाशित: २० फाल्गुन २०७३ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App