coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा आणविक मिसाइल परिक्षण

सोल–दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले पाण्डबी हतियार परिक्षण गरेको जनाएका छन्। कोरिया महाद्विपको समुद्रमा उक्त मिसाइल स्थानीय समय अनुसार ११ः३० मा उक्तर कोरियाको सिन्पो पोर्टबाट परक्षण गरिएको उनीहरुले बताए।

उत्तर कोरियाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। हालै अमेरिकाले गम्भिर मानव अधिकार हनन गरेको भन्दै सर्वोच्च नेता किम जोङ उन सहित १० सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको केही समयपछि उत्तरले आणविक मिसाइलको सफल परिणक्ष गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। अमेरिकाको यो कदमलाई पोङयोङले भने खुला युद्धको घोषणाको रुपमा लिएको जनाइसकेको छ ।साथै

पोङयोङले वारम्बार अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी नहटाएसम्म उसँग सबै खालको सम्बन्ध टुटाउने जनाएको छ ।
उत्तर कोरियालाई संयुक्त राष्ट्र संघले आणविक हतियार परिक्षणमा प्रतिबन्ध लगाएको थियो  । तर उसले भने गत जनवरीमा हाड्रोजन बमको प्रयोग गरी चार आणविक हतियारको परिक्षण गरेको थियो ।

 

प्रकाशित: २५ असार २०७३ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App