coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले ‘राष्ट्रिय एकता यात्रा’ गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको छ।

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबारदेखि सुरु भएको बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म ‘राष्ट्रिय एकता यात्रा’ अभियानका रुपमा देशभर पुर्‍याउने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए।

उक्त अभियानअन्तर्गत आधुनिक नेपालको एकीकरणका लागि सुरुवात गरिएको स्थान गोर्खा, झापा, कञ्चनपुर र काठमाडौँबाट स्वयव्सेवक परिचालन गरी देशभर घरदैलो कार्यक्रम तथा आर्थिक विकासका बारेमा अन्तक्र्रियासमेत गरिने छ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ। स्थानीय चुनावको स्वागत गर्दै मधेसी मोर्चाका जायज माग पूरा गर्न सरकारलाई बैठकले आग्रहसमेत गरेको छ । नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठनको विस्तार गर्नेबारे बैठकमा छलफल गरिएको बताइएको छ। रासस

 

प्रकाशित: २० फाल्गुन २०७३ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App