८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किमको हत्यामा ७ उत्तर कोरियालीको संलग्नता

क्वालालाम्पुर(मलेसिया)– उत्तर कोरियामा शासक किम जोन उनका सौतेनी दाजु किम जोनको हत्यामा संलग्न रहेको भन्दै मलेसियन सरकारले सात जना उतर कोरियालीमाथि अनुसन्धान सुरु गरेको छ।

हत्या संलग्न रहेका मध्ये चार जना उनको हत्या भएकै दिन भागेर उत्तर कोरिया पुगेका थिए भन्ने अनुसन्धानबाट खुलेको मलिसियाली प्रहरी अधिकारीहरुको भनाइ छ । बाँकी भने मलेसियाको क्वालालम्पुर स्थित उत्तर कोरियाली राजदूतावासका सचिव र एयर कोरिया सेवामा संलग्न कर्मचारी रहेको मलेसियाका अधिकारीहरुको दाबी छ। 

मलेसियाको राजधानी क्वाललम्पुरमा व्यस्त विमान स्थलमा १३ फेबु्रअरीका दिन किमको हत्या भएको थियो । हत्या लगत्तै मलेसियाली सरकाले घटनामा संलग्न रहेको आशंकामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

हत्या भएको ४ दिनपछि प्रहरीले उत्तर कोरियाका नागरिक ४५ वर्षीय री जोङ कोलसँग हत्याका बारेमा शोधपुछ पनि गरेको थियो। उनीसँगको बयान पश्चात् घटनामा संलग्नाता नपाइएको भन्दै प्रहरीले उनलाई मुक्त गरेको थियो । नातामा सौतेनी दाई पर्ने उत्तर कोरियाली शासक किमका तीन सन्तान रहेको खुलेको छ। उनले मकाउमा बसोवास गरिहेका आफन्तकोमा पढाइको लागि एक सन्तानलाई छोडेको र उसलाई नै भेट्न जानका लागि मकाउको विमान कुरिरहेको समयमा दुई महिलाहरु एक इन्डोनेसियन र अर्की भियतनामीले विषाक्त रसायन उनको अनुहारमा हालेर हत्या गरेका थिए।

यसै घटनाले मलेसियाली सरकारले उत्तर कोरियालाई दिएको फ्रि भिसा प्रणाली पनि खारेज गरेको छ। अपराधमा वृद्वि भएको कारण देखाएर यो प्रणली हटाएको सरकारले बताएको छ।

धेरै वर्ष अगाडिबाट उत्तर कोरियाले जागिर तथा व्यवसायका लागि एक उपयुक्त थलोका रुपमा प्रयोग गरिआएको छ।

 

प्रकाशित: २० फाल्गुन २०७३ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App