coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कक्षा ११ को परीक्षा सर्‍यो, अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुने

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ। वैशाख २४ गतेदेखि हुने भनिएको उक्त परीक्षा अब असार १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

कक्षा १२ को परीक्षा तालिकामा भने कुनै परिवर्तन गरिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालले कक्षा १२ परीक्षा निर्धारित समयमै हुने जानकारी दिए। १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ।

 

प्रकाशित: २० फाल्गुन २०७३ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App