coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीच हुने सहमति सत्तामा जानका लागिमात्र हुन नहुनेमा जोड दिएका छन्। शनिबार काठमाडौं एक नम्बर क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकका सामु संविधान कार्यान्वयन कडा चुनातीको रुपमा देखा परेको बेला दलहरुबीच सरकारमा सहभागी हुनमाात्र  सहमति हुन नहुनेमा जोड दिएका हुन्।

उनले दलहरुबीच संविधान कार्यान्वयनसहित मुलुकका समस्या समाधान गर्ने  गरी सहमति हुनुपर्ने बताए। उनले वर्तमान सरकार आर्थिक अनुशासन भन्दा बाहिर गएर बजेट ल्याएको आरोप लगाउँदै नेता सिंहले जनतालाई पूरा गर्न नसकिने भाषण सुनाएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्न खोजेको टिप्पणी गरे।

फरक प्रसंगमा नेता सिहंले १३ औं महाधिवेशन सम्पन्न भएको लामेसमयसम्म पनि पार्टी सभापतिले विधान अनुसार पदाधिकारी चयन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। ‘हिजो बाहिर बसेर पार्टी विधान अनुसार चलेन भनेर विरोध गर्नेले आज जिम्मेवारीमा पुगेपछि पार्टी चलाउन कत्ति समस्या हुन्छ भन्ने कुरा बल्ल बुझेजस्तो छ,’ उनले भने,‘ भनाइ र गराइमा एकरुपता आयोभने मात्र पार्टी बलियो हुन्छ यो कुरा बल्ला साथीहरुले बुझ्दै हुनुहुन्छ।’ उनले पार्टीको विधान अनुसार चाँडो पदाधिकारी नियुक्त गर्नुपर्ने बताए।

 

प्रकाशित: २५ असार २०७३ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App