७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कम सुत्ने जनावर हात्ती

अफ्रिका- अफ्रिकाका जंगलीहात्ती सबैभन्दा कम सुत्ने स्तनधारी जनावर रहेको पाइएको छ। दक्षिण अफ्रिकाको विटवाटर्सर्यान्ड विश्वविद्यालयका वैज्ञानिकहरुले जनावरहरुमा सुत्ने बानी पत्ता लगाउन अफ्रिकी देश वोत्सवानाका चोवे राष्ट्रिय निकुञ्जमा रहेका दुई हात्तीमा गरेको अध्ययनले यो तथ्य पत्ता लागेको बिबिसीले जनाएको छ। ठूलो शरीरका कारण यो सम्भव भएको वैज्ञानिकहरुको भनाइ छ।

चिडियाखानाका हात्ती भने दैनिक ४ देखि ६ घण्टा सुत्ने गरेको पाइएको छ। तर आफ्नो प्राकृतिक आवास जंगलमा भने हात्तीलाई दैनिक २ घन्टा सुत्नु पर्याप्त देखिएको अध्ययनले बताएको बिबिसीले जनाएको छ।

हात्तीको सुँडमा लगाइएको एक विशेष उपकरणबाट ५ मिनेटसम्म स्थीर रहने आधारमा उनीहरु कति समय सुत्छन् भन्ने पत्ता लगाइएको हो। हात्तीहरु दैनिक यति थोरै घन्टा सुतेर पनि कसरी जीवित रहन सम्भव छ भने विषय भने रहस्य नै रहेको पनि बिबिसीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App