७ वैशाख २०८१ शुक्रबार
समाज

चितवनबाट बर्दिया सारिएको गैंडा मृत अवस्थामा फेला

बर्दिया- चितवनबाट स्थानान्तरण गरी बर्दिया राष्टिय निकुञ्जको बबई उपत्यकामा छाडिएको एउटा बिरामी भाले गैंडा मरेको निकुञ्जले जनाएको छ।

बर्दिया निकुञ्जको उत्तरी क्षेत्र बबई उपत्यकाको शिवपुर र सोत खोला बीचमा बिरामी गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए।

घटनास्थलमा गैंडाको खागलगायत सबै अंग सुरक्षित रहेको निकुञ्जले जनाएको छ। गैंडा लामो समयदेखि बिरामी थियो।

मृत गैँडालाई निकुञ्ज बिहीबार राति निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याएको छ। गैँडाको पोष्टमार्टम गर्दा आन्द्रमा घाउ रहेको, कलेजो, फोक्सोलगायत भित्रि अंगको खराबीका कारण गैंडाको मृत्यु भएको थापाले बताए। गत वर्ष फागुन तेस्रो साता निकुन्ज विभागले चितवनबाट ५ वटा गैंडा बबई उपत्यकामा स्थानान्तरण गरेको थियो।

 

प्रकाशित: २० फाल्गुन २०७३ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App