८ वैशाख २०८१ शनिबार
खेल

मेगा बैंक र म्याक्स मिडिया विजयी

काठमाडौं- मेगा बैंक र म्याक्स मिडियाले बिहीबार राजधानीमा जारी कर्पोरेट क्यासमा जित हात पारेका छन्। समूह 'बी' अन्तर्गतको खेलमा मेगा बैंकले सिटिजन्स बैंकलाई ३७ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको मेगाले निर्धारित १२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन जोडेको थियो। मेगाका ओपनर आशिष श्रेष्ठले सर्वाधिक ५५ रन जोडे भने सन्तोष वाग्लेले ९ रन जोडे।

सिटिजन्सका सुमन पोखरेल र सुशन देवकोटाले समान २ विकेट लिए। जबाफी ब्याटिङका लागि उत्रिएको सिटिजन्सले निर्धारित १२ ओभरमा ५ विकेटका क्षतिमा मात्र ६९ रन जोड्न सक्यो।

सिटिजन्सका सुशन देवकोटाले ३२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

मेगााका अमित बस्नेत र आशिष श्रेष्ठले समान १ विकेट लिए। आशिष म्यान आफ दी म्याच घोषित भए।बिहीबार सम्पन्न अर्को खेलमा म्याक्स मिडियाले सिभिल बैंकलाई २ विकेटले पराजित गरेको छ।

टस हारेर ब्याटिङका लागि उत्रिएको सिभिलले ८ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन जोड्यो। सिभिलका मनीष सिंहले २९, निरेश केसीले २३ र राज श्रेष्ठले १८ रनको योगदान लिए।

म्याक्स मिडियाका दिवसलाल नाचोनले २ तथा पूजन श्रेष्ठ र कृष्ण श्रेष्ठले समान १ विकेट लिए। १ सय रनको लक्ष्य म्याक्सले १ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो।

म्याक्सका पूजन श्रेष्ठले २८ तथा कृष्ण श्रेष्ठ र कृष्ण थापाले समान १३ रन जोडे। सिभिलका अभय राणाले २ विकेट लिए। दिवसलाल नाचोन म्यान अफ दी म्याच घोषित भए।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App