कैलाली बहुमुखी क्याम्पसमा झडप, दुई प्रहरी सहित २६ घाइते

बिहिबार, १९ फागुन २०७३, १८ : ४८ दिलबहादुर छत्याल

धनगढी— कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले लाठी चार्ज गरेपछि २४ जना विद्यार्थी घाइते भएको अखिल क्रान्तीकारी कैलालीका अध्यक्ष डम्मर भट्टराईले बताएका छन्। घाइते १२ जनाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ६ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका विद्यार्थीलाई जान भनेपनि प्रहरी कार्यालयबाट जान नमानेको प्रहरी उपरिक्षक चन्दले बताए। प्रहरी प्रशासनले जिम्मा लिएमात्र बाहिर जाने उनीहरुले अडान राखेको उनको भनाइ छ।

क्याम्पसको पर्खाल नाघेर तालाबन्दी गर्न गएका बिद्यार्थी रोक्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले प्रहरी प्रशासनको अनुरोधमा प्रहरी सुरक्षार्थ क्याम्पसमा खटिएको र तालाबन्दी गर्न रोक लगाउँदा समान्य धकेलाधकेल भएको बताए।

शसस्त्र प्रहरीको टोलीले लाठीचार्ज गर्दा भागडौडमा केही बिद्यार्थी समान्य घाइते भएको उनले बताए। १२ बिद्यार्थीको सेती अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। क्याम्पसमा तोडफोड गर्दै विद्यार्थी संगठनले प्रहरीमाथि हातपात, ढुङगामुडा प्रहार सुरु गरेपछि लाठीचार्ज गरेको उनको भनाई छ।

झडपमा परी अखिल क्रान्तीकारीसँगै फोरम विधार्थी संघ र परिवार दलका विद्यार्थीहरु पनि घाईते भएका छन्।

निर्धारित सयममा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नभएपछि अब क्याम्पसमा नियमित पढाईको बातावरण बन्नुपर्ने माग गर्दै स्ववीयु निर्वाचनका लागि स्थापना गरीएको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो।

तालाबन्दीका लागि क्याम्पसको पर्खाल नाघेर गएका विद्यार्थीहरुलाई रोक्न खोज्दा केहीवेर झडप भएको थियो। पढाइको वातावरण बनाउन निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले दमन गरेको घाइते विद्यार्थी सुवाश रेग्मीले बताए।

प्रहरीले अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य मदन कठायत, जिल्ला उपाध्यक्ष मनोज राई सहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका विद्यार्थीलाई जान भनेपनि प्रहरी कार्यालयबाट जान नमानेको प्रहरी उपरिक्षक चन्दले बताए। प्रहरी प्रशासनले जिम्मा लिएमात्र बाहिर जाने उनीहरुले अडान राखेको उनको भनाइ छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad