coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य तालिम लिन अाग्रह

काठमाडौं— १०७ औं अन्तरार्ष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानककारी दिइन्।

सञ्चय कोषका वीरेन्द्र मोहन अधिकारीले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई सञ्चयकोषको दायरा भित्र ल्याउने भइरहेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय र गैरआवासीय नेपाली प्रवर्ध्दन समितिका सभापति चन्द्र ढकालले नेपाली महिलाले विप्रेषणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै महिलाको क्षमता वृद्धिको लागि सीपमूलुक तालिमको जरुरी रहेको बताए। यसैगरी नेपाल महिला उद्यमी महासंघकी उपाध्यक्ष शारदा रिजालले विदेशमा जानु अघि भाषाको ज्ञान, आधारभूत तालिम अनिवार्य रुपमा लिनु उनले बताए। सञ्चय कोषका वीरेन्द्र मोहन अधिकारीले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई सञ्चयकोषको दायरा भित्र ल्याउने भइरहेको जानकारी दिए।

गैरआवासीय नेपाली संघका महासचिव डा.बद्री केसीले लाप्राकमा पुनर्निर्माण परियोजना अन्तर्गत निर्माण गरिने भवनहरु हस्तान्तरणमा एकल महिलालाई प्राथमिकता दिइने बताए। वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको हकहितको लागि कल्याणकारी कोषको स्थापना, हजारे अभियान अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदारहरुको बचतमा बृद्धि गर्न कर्मचारी संचयकोषसंग सहकार्य भएको र वैदेशिक रोजगारमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धारमा संघले सहयोग गरिरहेको जानकारी दिए। एनअारएनएमा महिलाको भूमिका सक्रिय रहेको र अझ धेरै  महिलाहरुलाई संघको नेतृत्व तहमा आबद्ध गराउन महिला उपाध्यक्ष लगायत ६ वटै क्षेत्रमा महिला उपसंयोजक पदको व्यवस्था गरेको उनले बताए।

महिला फोरमका संस्थापक रञ्जना उदासले महिला फोरमको स्थापनाबारे जानकारी गराएका थिए।

संघका महिला संयोजक सपीला राजभण्डारीले कार्यक्रममा सहजीकरण गरेकी थिइन्। उनले महिला फोरमले गरेका गतिविधिबारे जानकारी दिएकी थिइन्। उनले महिला फोरमको सञ्जलमा वृद्धि भइरहेको र हाल महिला फोरम करीव ६१ मुलुकहरुमा फैलिसकेको बताइन्।

कार्यक्रमको अन्त्यमा महिला उपसंयोजक रजनी प्रधानले सहभागीहरु सबैलाई धन्यवाद दिएकी थिइन्। फाल्गुण २२ र २३ गते गैरआवासीय नेपाली संघ महिला फोरमले सुदुरपश्चिमको डोटी जिल्लाको दिपायल र सिलगढीमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर र त्यहांका विद्यालयहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको जानकारी दिइन्।

कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ महिला फोरमले नेपाल महिला उद्यमी महासंघ र नमूना कलेज अफ फ्यासनको सहकार्यमा सीप विशेषज्ञता शसक्तिकरण तालिम अन्तर्गत विभिन्न जिल्लाका तालिम लिएका २० जना महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा संघका एशिया प्रशान्त क्षेत्रका संयोजक किरणविक्रम थापा, आईसिसि सदस्यहरु सुनिता शर्मा, संगीता मरहठ्ठा, हंसराज ढकाल, खुला विश्वविद्यालयका संयोजक डा. प्रमोद ढकाल लगायतको सहभागिता थियो।

प्रकाशित: १९ फाल्गुन २०७३ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App