coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय वित्तमन्त्री जेट्लीको भेट

कठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल भ्रमणमा रहेको भारतीय वित्तमन्त्री अरुण जेट्लीले छुट्टाछुट्टै भेट गरेका छन्। 

जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताए।

दोस्रो पटक नेपालले बिहीबारदेखि काठमाडौंमा आयोजनाको गरेको नेपाल लगानी सम्मेलनको निम्तो मान्न बिहीबार अपरान्ह नेपाल आएका वित्तमन्त्री जेट्लीले साँझ शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

त्यसैगरी, बिहीबार साँझै उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे प्रधानमन्त्रीसँगकाे भेटमा प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। प्रधानमन्त्रीले हुलाकी राजमार्ग, ट्रान्समिसन लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्री जेट्लीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराए। संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको बताए।

भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे।

जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले हासिल गरिरहेको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताए।

यसअघि वित्तमन्त्री जेट्लीले नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य मुलुक भएको बताएका थिए। साथै, नेपाल–भारत द्विपक्षीय अन्तरआवद्ता अभिवृद्धिमा जोड दिएको थिए। 

 

प्रकाशित: १९ फाल्गुन २०७३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App