coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्वोच्चले सरकारसँग सोध्यो : माघ ७ सम्म चुनाबको तयारी के छ?

काठमाडौं— सर्वोच्च अदालतले माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुनुपर्ने संविधानको बाध्यात्मक व्यवस्थाको तयारीबारे सरकारलाई जानकारी गराउन आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र अनिल सिन्हाको इजासले सरकारको तयारीबारे जानकारी माग गरेको हो।

निर्वाचन क्षेत्र निर्धारण आयोगको सम्वन्धमा के कस्ता कार्यहरु भएका छन् त्यसबारेमा पनि जानकारी गराउन सर्वोच्चले भनेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्ययोजना के कुन अवस्था रहेको छ १० दिनभित्र पेश गर्न समेत सर्वोच्चले आदेश दिएको छ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली लगायतले तीनै तहको निर्वाचन तयारी सरकारले नगरेको दाबी गर्दै दर्ता रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।

निर्वाचन क्षेत्र निर्धारण आयोगको सम्वन्धमा के कस्ता कार्यहरु भएका छन् त्यसबारेमा पनि जानकारी गराउन सर्वोच्चले भनेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने कार्ययोजना के कुन अवस्था रहेको छ १० दिनभित्र पेश गर्न समेत सर्वोच्चले आदेश दिएको छ।

यसअघि स्थानीय निकायको निर्वाचन माग गर्दै उनीहरुले दर्ता गराएको निवेदनमा तीनै तहको निर्वाचन समय सिमा सम्झएको थियो।

प्रकाशित: १९ फाल्गुन २०७३ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App