४ वैशाख २०८१ मंगलबार
राजनीति

भारतका वित्तमन्त्री जेट्ली काठमाडाैंमा, राष्ट्रपति र प्रधानमन्त्रीलार्इ अाजै भेट्ने

काठमाडौँ– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार अपराह्न नेपाल अाइपुगेका छन्।  

मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, यहाँस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।  

बिहीबार बिहानदेखि यहाँ जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रुपमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट गर्नुहुनेछ । रासस 

प्रकाशित: १९ फाल्गुन २०७३ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App