coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे १ खर्ब डलर पुनर्निर्माण बजेटको प्रस्ताव

वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक खतराबाट मुलुकलाई बचाउनका लागि कठोर कदम चाल्ने बताएका छन्। पहिलो पटक अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले देशको सेवा र संरक्षणमा लागि आफू जुनसुकै मूल्य चुकाउनका लागि पनि तयार भएको बताएका हुन् । 

ट्रम्पले देशभित्र आतंक मच्याउन दिनका लागि आफू तयार नभएको र अतिवादीहरुलाई आश्रय दिन पनि तयार नभएको बताएका छन्। देशका लागि खतरा हुन सक्ने सबै तत्वहरुलाई तीव्र रुपमा हटाएर देशलाई छिटो भन्दा छिटो सुरक्षित बनाइने पनि उनले बताए ।

उनले आतंवादी संगठनलाई ध्वस्त बनाउनका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको बताए। अध्यागमन कानुनको कार्यान्वयन गरेमा तलबमा वृद्वि हुने, बरोजगारी हट्ने तथा अर्बौं डलरको बचतसमेत हुने बताए।

उनले देशको दक्षिणी सीमा पर्खाल निर्माण कार्यको थालनी गर्न लागेको पनि बताएका छन्। जसले लागू औषध तथा हातहतियारको कार्यमा नियन्त्रण गर्न उनले बताए ।

अमेरिका अहिले विश्वकै चर्काे कर लगाउने मुलुकका रुपमा विश्वमा चिनिएको बताउँदै उनले ओबामा प्रशासनले लागू गरेको करको दायरा घटाउने पनि बताए।

देश पुनर्निर्माणका लागि १ खर्ब डलरको पुन निर्माण बजेटमा सहमत हुनका लागि कंग्रेसमा आह्वान गरेका थिए।

 

प्रकाशित: १९ फाल्गुन २०७३ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App