८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखाको द्रब्यशाह क्याम्पसमा नेविसंघ बिजयी

विजयीहरु। तस्विरः नरहरि

गोरखा— द्रब्यशाह बहुमुखी क्याम्पस गोरखामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। अखिल क्रान्तिकारीका मनोज राना मगरलाई ३ मत अन्तरले पछि पार्दै नेपाल विद्यार्थी संघका प्रविण बस्नेत सभापतिमा विजयी बनेका हुन्।

वस्नेतले ८७ र राना मगरले ८४ मत ल्याएका निर्वाचन अधिकृत शंकर घिमिरेले बताए। बुधवार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रक्रिया २ बजेसम्म चलेको थियो। परिणामा घोषणा हुँदा रातीको १० बजेको थियो।

स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा नेविसंघकी पुजा न्यौपाने ९९ मतका साथ बिजयी बनिन्। उनका प्रतिद्वन्द्वी क्रान्तिकारीका बालकृष्ण परियारले ७६ मत पाए। कोषाध्यक्षमा ९२ मत ल्याएर नेविसंघकी शोभा थापा विजयी भइन्। उनका प्रतिद्वन्द्वी सुकु गुरुङले ७७ मत ल्याएका थिए।

सदस्यहरुमा १०० मत ल्याएर नेविसंघका शिवहरी तिमल्सिना, दिपाश्री भट्टराई, ९० मत ल्याएर राजु कोइराला, ९६ मतका साथ हसिना मियाँ र ९८ मत ल्याएर निर्मल श्रेष्ठ विजयी भए। एक सदस्यमा भने नयाँ शक्ति विद्यार्थी युनियनका राजकुमार गुरुङ ९० मत ल्याएर विजयी बनेका छन्।

निर्वाचनामा पाँच विद्यार्थी संगठन चुनावी मैदानमा उत्रिएका थिए। अनेरास्ववियूबाट सभापतिमा उम्मेदारी दिएकी सृष्टि लामाले ५५ मत ल्याएकी थिइन्। नयाँ शक्ति बिद्यार्थी यूनियनका अनुपम अचार्यले ६२ मत ल्याएका थिए। ३ सय १ मत मतदाता संख्या रहेकोमा २ सय ९८ मत खसेको थियो।

यस्तै समानुपातिक तर्फको परिणाम अनुसार नेपाल विद्यार्थी संघले एक सय ३, अखिल क्रान्तिकारीले ७९, नयाँ शत्ति विद्यार्थी युनियले ७०, अनेरास्ववियुले ४३ र मजदुर किसान पार्टी निकट विद्यार्थी संघठनले तीन मत पाए।

प्रकाशित: १९ फाल्गुन २०७३ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App