coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

४७ को संविधान सक्रिय बनाउन माग

काठमाडौं- नेपाली कांग्रेस राष्ट्रवादीका अध्यक्ष रामबाबु प्रसाईसहितका नेताले २०७२ को संविधान खारेज गरेर २०४७ को संविधान सक्रिय बनाउन माग गरेका छन्। अध्यक्ष प्रसाई, पूर्वमन्त्री पिएल सिंह, प्रकाश कोइराला र देवेन्द्र नेपालीले बुधबार साँझ अपिल जारी गर्दै मुलुक असफल हुन नदिन २०४७ को संविधानलाई पुनर्स्थापना गर्नुपर्ने बताएका हुन् ।

'विकसित घटनाक्रमबाट मुलुकमा राजनीतिक, सामाजिक, धार्मिक र साम्प्रदायिक हिंसा उत्पन्न भई गृहयुद्धको प्रबल सम्भावना बनेको छ,' अपिलमा भनिएको छ, 'नेपाल असफल राष्ट्र बन्न उन्मुख छ।'

मुलुक जोगाउन देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित: १९ फाल्गुन २०७३ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App