coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रवीन्द्र मिश्रको दलकाे नाम ‘साझा पार्टी’

काठमाडौैं– पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रविन्द्र मिश्रले खाेल्न लागेकाे नयाँ राजनीतिक दलकाे नाम जुराएका छन्। अाफ्नाे नेतृत्वमा स्थापना गर्न लागिएकाे नयाँ पार्टीकाे नाम ‘साझा पार्टी’ राखिएको छ।

साझा पार्टीको चुनाव चिन्ह भने तराजु प्रस्तावित गरिएको छ। मिश्रको संयोजकत्वमा दर्ता हुन लागेको साझा पार्टीको औपचारिक घोषणामा केही दिनभित्र हुँदैछ। पार्टीमा तत्काल को को छन् भन्ने उनले सार्वजनिक भने गरिसकेका छैनन्।  

विगत २२ वर्षदेखि बीबीसी नेपाली सेवामा सक्रिय रहेका मिश्रले मंगलबार राजिनामा दिएका थिए।

मिश्रले सन् २००२ मा लण्डन विश्वविद्यालयबाट अन्तराष्ट्र्रिय राजनीतिमा स्नातकोत्तर गरेका थिए।

निर्देशक दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘हाइवे’मा अभिनय समेत गरेका छन्।

केही दिनभित्रै नयाँ राजनीतिक दलका रूपमा साझा पार्टीकाे औपचारिक घोषणा गर्ने तयारीमा उनी जुटेका छन्। 

याे पनि पढ्नुहाेस्

रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

प्रकाशित: १८ फाल्गुन २०७३ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App