८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल।
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन्। निर्वाचनविरुद्ध उभिएका मधेसवादी दलहरुलाई उनले विवेकी बन्न आग्रह गरेका छन्। उने भनेका छन्, ‘उहाँहरुले आवेग होइन, विवेक देखाउनु हुनेछ भन्नेमा म विश्वस्त छु। राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा विश्वस्त छ’, उनले भनेका छन्।
 
'तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो। यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।'
 
संविधान संशोधनलाई लिएर उनले भने, 'तीन महिना वित्दा पनि एउटा दलको हठका कारण छलफल नै हुन सकेन। लोकतन्त्रनै खतरामा पुग्ने अवस्थामा पुग्यो। यो विषयमा असन्तुष्ट पक्षलाई नझस्कन आग्रह गर्दछु। निर्वाचन सँगै संविधान संशोधन गर्न सरकार प्रतिवद्ध छ।'

असन्तुष्ट पक्षलाई समेट्न अाफूले सरकार परिवर्तन गर्न समेत पछि नपरेको उनले बताए। 'मधेसबाटै निर्वाचित जनप्रतिनिधि भएको नाताले मैले असन्तुष्ट पक्षका कुरा बुझ्छु। नयाँ संविधान चाहिएको नै मधेसीलाई र जनजाति र उपक्षित समुदायलाई हो', उनले भने।

जनसंख्याको आधारमा संख्या बढाउन सरकार गृहकार्यमा रहेको उनको भनाइ थियो।

प्रकाशित: १७ फाल्गुन २०७३ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App