निर्वाचनका लागि नयाँ शक्तिका ६ पूर्वशर्त

मङ्गलबार, १७ फागुन २०७३, १५ : १२ नागरिक

काठमाडौं- निर्वाचनलाई शानदाररुपमा सम्पन्न गर्न सरकारले ६ वटा शर्तहरु पुरा गर्नु पर्ने धारणा नयाँ शक्तिले राखेको छ।

नयाँ शक्तिले निर्वाचनमा आन्दोलनरत पक्षहरुलाई समेट्न आग्रह गरेको छ। मुलत असन्तुष्ट रहेका मधेसी, थारु र आदिवासी जनजातिहरुलाई समेट्नु पर्ने नयाँ शक्तिको जोड छ। परिमार्जन सहित संविधान संशोधनको विषयलाई टुंग्याउनु निर्वाचनको पहिलो शर्त भएको बताएको छ।

नयाँ शक्तिले स्थायीत्व, विकास र समिद्धका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिकामा जान जोड दिएको छ।

स्थानीय तहको संख्या, सीमाना, कार्यक्षेत्र र चरित्रको विषयमा अझै अन्यौलता भएको नयाँ शक्तिको भनाई छ। उसले भनेको छ 'जहाँ निर्वाचन गर्ने भनिएको हो त्यो क्षेत्र नै स्पष्ट बनिसकेको छैन।' सरकारलाई स्थानीय तहको संख्या र सीमाना पहिले हल गर्न आग्रह गरिएको छ। स्थानीय तह, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको टुंगो नलगाई निर्वाचनको कामले गति नलिने उसको धारणा छ।

सरकारमा रहेका दलहरु र प्रमुख प्रतिपक्षीबीचको सिण्डिकेटले निर्वाचनको निष्पक्षता कायम नहुने भन्दै सर्वपक्षीय सरकार बनाउनु पर्ने नयाँ शक्तिले बताएको छ।

बलियो अनुगमन, आचारसंहिताको पालना र निश्चित मापदण्डअनुरुप निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास गर्ने पर्ने अर्को सर्त छ। त्यसले मात्र स्वच्च र प्रभावकारी निर्वाचन हुने नयाँ शक्तिको धारणा छ।

खर्च कम गर्न र आगामी २०७४ माघ ७ गते सम्ममा सबै निर्वाचन गरिसक्नु पर्ने संवैधानिक प्रावधानलाई हेर्दै तीन वटै निर्वाचन एक साथ गर्न व्यवहारिक हुने सुझाव दिएको छ। यस्तै नयाँ शक्तिले स्थायीत्व, विकास र समिद्धका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिकामा जान जोड दिएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad