बस दुर्घटनामा दुलही सहित १२ घाइते

मङ्गलबार, १७ फागुन २०७३, १४ : २३ टेकेन्द्र बस्याल

कोहलपुर- काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।

जन्ती बोकेर टिकापुर जाँदै गरेको  बा १ क ११६१ बस आज बिहान कचनापुर– १ खैरीखोला नजिक घुम्ती रोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा दुलाह गंगाराम बिष्टसहित १२ जना घाईते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। आज बिहान ३ बजेतिर बस दुर्घटनामा परेको हो। घुम्ती सडकमा एक्कासी चालक निदाएपछि बस सडकदेखि दश मिटर तल खसेको छ।

बस सडकबाहिर गएर रुखमा ठोकिएको ट्राफिकले जनायो। घाइेतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ। दुर्घटनामा परेको बसको अगाडीको भागमा क्षतीग्रस्त भएको छ ।यस्तै गाडीका सिटहरु झरेका छन्।

घाईते अधिंकाशका हात, मुख र टाउकोमा चोट लागेको छ। केहीको हात भाँचिएको प्रहरीले जानकारी दियो। जन्ती टोली आजै कैलालीमा बिबाह सकेर दुलहीसहित फर्केने कार्यक्रम रहेको थियो । घाइेते जन्ती टोली अहिले सबै मेडिकल कलेज कोहलपुरमा रहेका छन्।

 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad