coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जंगीअड्डामा निर्वाचन-सुरक्षा बैठक

काठमाडौं- सैनिक मुख्यालय जंगीअड्डामा रक्षा र गृहसचिवसहित तीनै सुरक्षा प्रमुखसँग प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन केन्द्रित सुरक्षाका विषयमा छलफल गरेका छन्। प्रधानसेनापति क्षत्रीसँग रक्षा सचिव श्रीधर सापकोटा, गृहसचिव लोकदर्शन रेग्मी, प्रहरीका निमित्त महानिरीक्षक दिनेशचन्द्र पोखरेल, सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीबीच छलफल भएको हो।

सैनिक प्रवक्ता उपरथी ताराबहादुर कार्कीले निर्वाचन सुरक्षाका विषयमा प्रधानसेनापति क्षत्रीसँग रक्षा तथा गृहसचिव र तीनै सुरक्षा निकायका प्रमुखले अनौपचारिक छलफल गरेको जानकारी दिए। उनले निर्वाचन केन्द्रित रहेर सुरक्षा सम्बद्ध अधिकारीबीच छलफल भएको बताए।

'निर्वाचनका विषयमा अनौपचारिक छलफल भएको हो। सुरक्षासम्बन्धी विषयमा बैठक केन्द्रित थियो', कार्कीले नागरिकसँग भने। उनका अनुसार निर्वाचनका विषयमा केन्द्रित पहिलो बैठक भएकाले रणनीतिकभन्दा वस्तुस्थितिका विषयमा छलफल भएको हो।

 

प्रकाशित: १७ फाल्गुन २०७३ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App