८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्तावबारे छलफल गर्न मोर्चाका नेता बालुवाटारमा

काठमाडौं-  स्थानीय निर्वाचनको विरोध गर्दै आएका मधेसी मोर्चाका नेताहरु छलफलको लागि अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुलाई टेलिफोन गरेर छलफलको लागि बालुवाटार बोलाएका थिए। स्रोतका अनुसार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको बारेमा मधेसी मोर्चाका नेताहरुसँग छलफल हुने छ।

मोर्चासँग आवद्ध पाँच मधेसवादी दलले आइतबार संशोधन प्रस्ताव माथी संशोधन दर्ता गराएका छन्। परिमार्जन सहित संशोधन प्रस्ताव पारित नभए सम्म निर्वाचनमा भाग नलिने अडान मधेसी मोर्चाले राखेको छ भने सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ। मिति घोषणा गरिसके पछि पनि प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्।

छलफलको लागि महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ बालुवाटार पुगेका छन्।

 

प्रकाशित: १६ फाल्गुन २०७३ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App