६ वैशाख २०८१ बिहीबार
कला

अस्करमा कसले के जिते ?

लसएन्जल्स – गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

अस्करमा आठ विधामा मनोनित ‘मुनलाईट’ले बेस्ट पिक्चर, सह–अभिनेता र एडप्टेड स्क्रिनप्ले लगायत विधाको अवार्ड जितेको छ। यस वर्षको अस्करमा सर्वाधिक विधामा मनोनित निर्देशक डेमियन चेजेल रोमान्टिक म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ ले पाँच वटामा अवार्ड जित्न सफल भएको थियो। । ‘ला ला ल्यान्ड’ बेस्ट निर्देशक,अभिनेत्री , ओरिजिनल सङ्ग र सिनेमेटोग्राफर लगायतको विधाको अवार्ड जित्यो।

अस्करको मुख्य विधाहरु विजेताहरु:

१. बेस्ट पिक्चरः ‘मुनलाईट’

२. बेस्ट निर्देशक : ‘ला ला ल्यान्ड’का डेमियल चेजेल

३.बेस्ट अभिनेताः ‘म्यान्चेस्टर बाइ सी’बाट केसी एफलेक  

४. बेस्ट अभिनेत्री : ‘लाला ल्यान्ड’बाट एम्मा स्टोन  

५. बेस्ट सह–अभिनेता : ‘मुनलाईट’बाट महेर्शला अली  

६.बेस्ट सह–अभिनेत्रीः ‘फेन्सेस’ बाट विओला डेविस

७.बेस्ट डकुमेन्ट्रीः ‘ओजेः मेड इन अमेरिका’  

८.बेस्ट विदेशी फिल्मः ‘द सेल्स्म्यान’

 ९. बेस्ट एनिमेटेड फिचर : ‘जुटोपाई’

१०.बेस्ट ओरिजिनल सङ्गः ‘ला ला ल्यान्ड’को ‘सिटी अफ स्टासर’

११. बेस्ट सिनेमाटोग्राफरः ‘ला ला ल्यान्ड’बाट लिनस् स्यान्डग्रिन

१२ बेस्ट एडप्टेट स्क्रिनप्ले : ‘मुनलाईट’

१३. बेस्ट ओरिजिनल स्क्रिनप्ले : ‘म्यानचेस्टर बाइ द सी’

१४. बेस्ट साउन्ड इडिटिङ : ‘अराइभल’

१५. बेस्ट साउन्ड मिक्सिङ : ‘ला ला ल्यान्ड’

१६. बेस्ट मेकअप एन्ड हेयरस्टाइलिङ : ‘सुसाइड स्वाड’

१७. बेस्ट भिज्योल एफेक्टस् : ‘द जंगल बुक’

 

प्रकाशित: १६ फाल्गुन २०७३ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App