६ वैशाख २०८१ बिहीबार
राजनीति

उपन्यायाधिवक्ता घिमिरे घुससहित पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ।

आयोगको विशेष टोलीले आज उनलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज बनाइदिने भन्दै घुस मागेको अवस्थामा फेला पारेको थियो।

उपन्यायाधिवक्ता घिमिरेलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस

 

प्रकाशित: १५ फाल्गुन २०७३ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App