४ वैशाख २०८१ मंगलबार
राजनीति

'वान बेल्ड वान रोड'को चिनियाँ टोलीद्वारा प्रधानमन्त्री दाहालसँग भेटवार्ता

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनाअन्तर्गतको ओविओर अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताए। 

प्रधानमन्त्रीले ओविओरको अन्तर्राष्ट्रिय प्लेटफर्मको पहलप्रति सराहना गरेका थिए। सो अवसरमा प्रतिनिधिमण्डलले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई चीनले महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, ऊर्जा कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो। प्रतिनिधिमण्डलमा ४१ सदस्यीय छन्। रासस 

 

प्रकाशित: १५ फाल्गुन २०७३ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App