५ वैशाख २०८१ बुधबार
कला

लम्फू अब सुटिङमा

काठमाडौ–दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गर्‍यो।

निर्देशक लामिछानेले सुखी र सम्पन्न जीवन जिउने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहलाई फिल्मले देखाउने बताए।

नायिका मरिष्का पोखरेलले आफु अभिनेत्री गौरी मल्लमार्फत फिल्ममा जोडिन आएको बताइन्। नायक सलोन बस्नेतले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको सुनाए। तीन वर्ष अघि फिल्म ‘स्टुपिड मन’मा देखिएकी नायिका चाँदनी शर्माले नेपाली फिल्ममा पुनः देखिन पाउँदा हर्षित भएको बताइन्। नवनायक कबिर खड्काले आफुले कलेजमा अध्ययन गरेको अभिनय विषयलाई फिल्मी पर्दामा प्रस्तुत गर्न पाउँदा खुशी लागेको खुलाए। बाल कलाकार कुसाग्र भट्टराईले निर्देशक गोपालसँग ‘ओ माइ म्यान’ नामक सर्ट फिल्ममा काम गरेको स्मरण गर्दै त्यही फिल्मको कारणले नै आफु ‘लम्फू’मा छानिएको बताए।

शक्तिबल्भ घोरासैनीको लगानी रहने फिल्ममा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराईलगायतको अभिनय रहनेछ। पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्ममा भूपतिको लेखन छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व, हरि सिलवालको सम्पादन, रामजी लामिछानेको नृत्य र दिपक बज्राचार्यको छायांकन हुनेछ।

पुनम इन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने फिल्म पश्चिम नेपालको पर्वत र काठमाडौंमा खिचिनेछ।

फिल्ममा प्रमोद ढुंगाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द छन् । पपुलर मल्टिमिडियाले यसअघि ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण गरिसकेको छ भने पुनम इन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको सर्ट फिल्म पनि बनाइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App