६ वैशाख २०८१ बिहीबार
समाज

कर्मचारी नहुँदा मालपोतको कामकाज प्रभावित

महोत्तरी- मालपोत कार्यालय महोत्तरीमा कर्मचारीको उपस्थिति न्युन हुँदा कार्यालयको कामकाज प्रभावित भएको छ।  

मालपोत कार्यालयका निमित्त प्रमुख भूपबहादुर बोगटी, नामसारी फाँटका नायब सुब्बा ढक बहादुर कार्की, रजिष्ट्रेशन फाँटका सेक्सन रामपदारथ ठाकुर लगायतका कर्मचारीहरु कार्यालयमा नियमति रुपमा नआउँदा मालपोतको कामकाज प्रभावित हुन पुगेको लेखापढि व्यवासायी अपर्ण कर्णले बताए।

कार्यालयमा कर्मचारीहरु मनोमानी गर्दै उपस्थित नै नहुँदा जग्गा रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज, मोठ, कम्प्युटर लगायतका सबै कामहरु प्रभावित हुन पुगेको लेखापढी व्यवसायी कर्णले बताए।

कर्मचारीहरु एकैचोटी विदा वसिदिने मन लागे आउने मन नलागे नआउने गर्नाले मालपोत कार्यालयमा अत्यावश्यक कामले आएका सेवा ग्राहीहरु कामै नगराई रितोहात घर फर्कन बाध्य भएका छन्।

यस साथै मालपोत कार्यालयमा चारवटा खरिदार पद रिक्त हुँदा पनि कार्यालयको कामकाज पहिल्यै देखि पनि प्रभावित हुँदै आएको थियो।

आईतबार कार्यालयमा कामकाज नहुँदा राजश्व उठ्न सकेन । दैनिक ५ लाखसम्म राजश्व उठ्ने यस कार्यालयमा कर्मचारी अभावमा कामकाज नहुँदा सेवाग्राहीहरु मारमा परेका छन्।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई जानकारी गराएपछि उनले जग्गा रजिष्ट्रेशन र नामसारीको काम बाहेक सबै काम गर्न निर्देशन दिएको कर्मचारीहरुले बताएका छन्।

निमित्त कार्यालय प्रमुख बोगटीले बारम्बार विभागमा कर्मचारी अभाव बारे पत्र पठाएपनि विभागले कर्मचारी पूर्ति गर्न नसक्दा यस्तो अवस्था आएको लेखापढी व्यवसायी संघका अध्यक्ष श्याम यादवले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०७३ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App