८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

समाचार संकलन गर्दै गर्दा महिला पत्रकार मारिइन्

समाचार संकलन गर्ने गर्दै गर्दा इराकमा एक महिला पत्रकार मारिएकी छिन्। इराकको मोसुल शहरमा भएको बम बिष्फोटनमा उनको मृत्यु भएको छ। उनी इराकको कुर्द टेलिभिजनमा कार्यरत थिइन्। ३० वर्षिया शिल्पा गर्दीको मोसुल शहर नजिकैको सडकको पेटीमा समाचार संकलन गरिरहेको अवस्थामा विष्फोटमा परि मृत्यु भएको जनाइएको छ।

उनी सँगै रहेका क्यामारा पर्सन पनि घाइते  भएका छन्। मोसुल शहरमा भएको सैनिक गतिविधिको समाचार संकलनमा उनी सक्रिय थिईन्।

मोसुल शहरलाई आईएसको कब्जाबाट छुटाउनका लागि सैन्य कारवाही हुँदै आएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App