७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको हत्या

सिरिया— सिरियाको होम्सस्थित दुई वटा सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती हमलमा ३२ जनाको मृत्यु भएको छ।होम्स आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सिरियाली सरकारी टेलिभिजनले राज्यका सैनिक गुप्तचर प्रमुख हसन अब्दुल अाक्रमणमा मारिएको पुष्टि गरेको छ।

सिरियाली सरकारी टेलिभिजनले राज्यका सैनिक प्रमुख हसन अब्दुल अाक्रमणमा मारिएको पुष्टि गरेको छ। उनी राष्ट्रपतिका एक विश्वास पात्र रहेका थिए। सन् २०१४ को मेमा सरकारी सुरक्षाकर्मीहरुले होम्सलाई विद्रोहीको नियन्त्रणबाट मुक्त पारेको थियो।

होम्स आक्रमणमा ३२ जना मारिएपछि सरकारी पक्षबाट भएको हवाई कारवाहीमा परी १३ जनाको मृत्यु भएको बताइएको छ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। आत्मघाती आक्रमणकारीले इस्लामिक स्टेटको नारा लगाएको प्रत्यक्षदर्शीले जनाएका छन्।

गत वर्ष एकै पटक गराइएका दुई विष्फोटमा ६४ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: १५ फाल्गुन २०७३ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App