७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

मन हर्ने गोसाइँकुण्डको साैन्दर्य (फोटो फिचर)

काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी गोसाइँकुण्डमा थियौं। पहिलो दिन ६ घण्टाको बस यात्रा र लगभग ६ घण्टाकै पदयात्रा पछि लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। जव गोसाइँकुण्डको साैन्दर्य देखेर आँखा र मन दंग बन्यो, थकान सबै चट्।

समुद्र सतहबाट करिब १४०० मिटरमा रहेको काठमाडौँबाट दोश्रो दिनमै ४३८० मिटरको उचाईमा पुग्दा शरीरले वातावरणीय असहजता महसुस गरेपनि मन भने फुरूङ थियो। यसअघि नै पटक-पटक हिमाली भेगको उचाइ अनुभव गरेको हुँदा लेक लाग्ने वा अन्य समस्या रहेन।

पदयात्राको मजा नै बेग्लै हुन्छ जब बेहिसाव प्राकृतिक सन्दरताको स्वाद चाख्न पाइन्छ। बाटोमा देखिने, भेटिने लोभ्याउने प्राकृतिक साैन्दर्य र सहृदयी स्थानीय र उनीहरूको रहन सहनले झन् आनन्दित तुल्याउँथ्यो। उकालो चढ्दाको थकानले भन्थ्यो अब त यो दुःख फेरी कहिल्यै नभोग्न परोस्। तर जब गन्तब्य पुगेर त्यसको स्वाद थाह लाग्छ मन फेरी कहिले यो ठाउँमा फर्कने होला ?

धार्मिक र पर्यटकीय महत्व बोकेको गोसाइँकुण्ड जनै पूर्णिमा विशेष मेला लाग्ने गर्दछ। स्थानीयको भनाइ अनुसार यस कुण्डको वरिपरि विभिन्न महत्व बोकेको सरस्वती कुण्ड, भैरव कुण्ड, सूर्य कुण्ड लगायत १७ वटा कुण्ड छन्। सूर्य कुण्ड करिब ४६०० मिटरको उचाईमा छ। गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमिनमा गाडेको त्रिशूलबाट तीनवटा जलधारा निस्केको विश्वास गरिन्छ, त्यही जलधारले त्रिशूली नदीको रूप ग्रहण गरेको मानिन्छ।

यहाँको प्राकृतिक साैन्दर्य र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ। यो क्षेत्रको अर्को महत्वपूर्ण गहना हो- तामाङ संस्कृति। र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ। यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App