४ वैशाख २०८१ मंगलबार
खेल

डी भिलियर्सको कीर्तिमान

वेलिङ्टन- कप्तान एबी डी भिलियर्सले कीर्तिमान बनाएको दिन शनिबार दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा १ सय ५९ रनको जित हासिल गरेको छ। जितसँगै दक्षिण अफ्रिका ५ खेलको शृंखलामा २–१ को अग्रतामा छ।

डी भिलियर्सले ८० बलमा ७ चौका र १ छक्कासहित ८५ रन जोडेपछि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो। डी भिलियर्र्सले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो ९ हजार रन पूरा गर्ने कीर्तिमान बनाए।

त्यस्तै क्विन्टन डी ककले ७० बलमा ६ चौका र २ छक्का हान्दै ६८ रन बनाए। फाप डुप्लेसिसले ३६ र वाइने पार्नेलले ३५ रनको योगदान दिए।

न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमले २ विकेद लिँदा टिम साउथी, ट्रेन्ट बोल्ट र  मिचेल सन्टनरले समान १/१ विकेट लिए।

२ सय ७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३२.२ ओभरमा १ सय १२ रन बनाउँदा सबै विकेट गुमायो। ओेपनरद्वय टम लाथम शून्य र डिन ब्राउन्ली २ रनमा पवेलियन फर्किए। कप्तान केन विलियम्सनले २३ रन जोडे भने दोस्रो एकदिवसीय खेलमा १७औं शतक पूरा गरेका रोस टेलरले १८ रन बनाए। ग्रान्डहोम ३४ रनमा अविजित रहे।

दक्षिण अफ्रिकाका ड्वाइने प्रेटोरियसले ५ रन दिएर ३ विकेट लिए। पर्नेल, कासिगो रबाडा र एन्डिल फेलुकवायोले २/२ विकेट लिए।

प्रकाशित: १५ फाल्गुन २०७३ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App