coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शुक्लाफाँटा अब राष्ट्रिय निकुञ्ज

काठमाडौं- सरकारले पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार्ने उद्देश्यले शुक्लाफा“टा वन्यजन्तु आरक्षलाई 'राष्ट्रिय निकुञ्ज' घोषणा गरेको छ। अब निकुञ्जको संख्या ११ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराईले शुक्लाफा“टामा संरक्षणको कार्यक्रम सफल भइरहेकाले भारतीय पर्यटक तान्न सकिने उद्देश्यले निकुञ्ज घोषणा गरिएको जानकारी दिए। सरकारले सोमबार राजपत्रमा सूचना निकालेर आरक्षलाई निकुञ्जमा परिणत गरेको हो।

आरक्षभित्रका बस्ती स्थानान्तरण र मुआब्जा वितरण तथा अत्यधिक चरिचरन निकुञ्जका प्रमुख समस्या।

'पर्यटन प्रवर्द्धन गरेर स्थानीयको जीविकोपार्जनमा सुधार गर्न सकिन्छ भन्ने लक्ष्यका साथ शुक्लाफा“टालाई निकुञ्ज बनाइएको हो', उनले भने। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन पा“चांै संशोधनमा आरक्षको तुलनामा निकुञ्जले मध्यवर्ती क्षेत्रका स्थानीयलाई धेरै अधिकार दिएको छ।

भट्टराईका अनुसार निकुञ्ज प्रवेश र त्यहा“भित्रको साधनस्रोत सदुपयोग गर्ने सबालमा अब सर्वसाधारणलाई धेरै सहज हुन्छ। 'आरक्ष एउटा निश्चित वन्यजन्तुको संरक्षणका लागि बनाइन्छ। यसमा पर्यटन प्रवर्द्धनमा बन्देज लगाइएको हुन्छ।  तर निकुञ्जमा पर्यटक प्रवेश खुला हुन्छ र पर्यटन प्रवर्द्धन गर्न पनि पाइन्छ', उनले भने, 'स्रोत उपयोग गर्ने सवालमा निकुञ्जमा धेरै सजिलो हुन्छ।'

भट्टराईका अनुसार भारतीय पर्यटकले धेरै रुचि देखाएको र सीमा जोडिएका भारतीय नागरिक आउने भएकाले यसलाई निकुञ्ज बनाइएको हो। 'आन्तरिक पर्यटनको सम्भावना पनि त्यत्तिकै छ। यसले गर्दा होटल र रिसोर्ट व्यवसाय फस्टाउ“छ', उनले भने, 'पर्यटन प्रवर्द्धनस“गै राजस्वबाट संरक्षणमा पनि सहयोग पुग्छ।'

यो निकुञ्ज बाह्रसिंगाको प्रमुख बासस्थान हो। सन् २०१४ को तथ्यांकअनुसार यहा“ २३ वटा बाह्रसिंगा छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस निकुञ्जमा १७ वटा बाघ र आठ वटा गैंडा छन्। जंगली हात्तीको संख्या २० देखि २५ छ।

चितुवा, घोडगधा, जरायो, चित्तल, लगुनालगायत ५३ भन्दा बढी प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छ। यसभित्र रानी ताल र अन्य ससाना तालमा मगर गोही प्रशस्त देख्न पाइन्छ। सारस, खरमयुर, सिमतित्रा, दुर्लभ भुँडीफोरसहित चार सय २४ भन्दा बढी प्रजातिका पक्षी पाइन्छन्। आरक्षभित्रका बस्ती स्थानान्तरण र मुआब्जा वितरण तथा अत्यधिक चरिचरन यस निकुञ्जका प्रमुख समस्या हुन्।

२०३१ मा यसलाई आरक्ष बनाइएको थियो भने ०६१ मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। मध्यवर्ती क्षेत्रले २४३.५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। निकुञ्जको ५२ प्रतिशत भूभाग सालको वन, १० प्रतिशत भूभाग सीमसार, ३० प्रतिशत भूभाग घा“से मैदान, १६ प्रतिशत भूभाग नदीतटीय वन र दुई प्रतिशत मिश्रित वनले ढोकेको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App