coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रत्नराज्य र शंकरदेवमा विद्यार्थी संगठनबीच झडप

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुबै कलेजमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताबीच झडप भएको हो।

शनिबार प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशनका क्रममा दुबै कलेजमा झडप भएको हो। आक्रोशित समूहले रत्नराज्य कलेजको स्टोरमा आगजनी गरेको छ। प्रहरीले आगजनीमा स्टोरमा रहेका फर्निचर जलेर नष्ट भएको जनाएको छ। शंकरदेबमा भने भित्र रहेको समूह र बाहिरबाट भित्र प्रवेश गर्न खोज्ने समूहबीच झडप भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका एसपी गणेशबहादुर ऐरले तत्काल घटनास्थल पुगेको प्रहरीले आगो निभाउनुका साथै दुबै समूहका विद्यार्थीलाई तितरबितर पारेको थियो। निर्वाचन तालिका अनुसार आईतबार दाबी बिरोध, छानबिन, सूची प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनका कार्यक्रम रहेको छ।

 

 

 

प्रकाशित: १४ फाल्गुन २०७३ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App