coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारत सधैँ नेपालको विकासको पक्षमा: राजदूत राय

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताएका छन्।  

नीति अनुसन्धान प्रतिष्ठान, नेपालले यहाँ आज आयोजना गरेको ‘राजदूत रायको बिदाइ’ कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा नै नेपालमा विकासका ठूला आयोजना अगाडि बढिरहेको बताए।

पहिलेदेखि नै प्रगाढ र सुमधुर रहँदै आएको नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो। भूकम्पपछिको पुनःनिर्माणसँगै समृद्ध नेपाल बनाउन भारतले सक्दो सहयोग गर्ने उनले बताए।

राजदूत रायले नेपाल शान्ति, स्थायित्व र समृद्धितर्फ अगाडि बढिरहेको सन्दर्भमा संविधानमा सबैलाई समेटेर कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए। प्रतिष्ठानका सल्लाहकार प्रा जयराज आचार्यले राजदूत रायले नेपालमा रहँदा नेपाल र नेपालीका लागि गर्नुभएको योगदानको कदर गरेका थिए।  रासस

प्रकाशित: १४ फाल्गुन २०७३ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App