coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोप जानेक्रममा दुई महिनामा ३६६ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ- सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो।

अन्तरर्रष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)का अनुसार यही फेब्रुअरी २२ सम्ममा यस वर्ष समुन्द्रीबाटो हुँदै युरोप जाने आप्रवासीको संख्या गत वर्षको भन्दा १३ हजार ९२४ कम रहेको छ। गत वर्ष एक लाख पाँच हजार ४२७ जना यस अवधिमा युरोप गएका थिए ।

यो तथ्याङ्कमा गत आइतबार लिवियाको राजधानी ट्रिपोली नजिकै रहेको अज जावियाहमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका १३३ जनालाई समेत समेटिएको छ।

आप्रवासी सङ्गठन श्रोतका अनुसार लुटेराहरुले जहाजको इन्जीन चोरेर यात्रुलाई अल्पत्र पारी तिनीहरुको उद्धारको लागि अधिकारी आउँदै गरेको गलत जानकारी दिएका थिए।

आप्रवासी सङ्गठनका प्रवक्ता फ्लाभियो दि गियास्मोका अनुसार लुटेराहरुले गर्ने यस किसिमको चलाखी सामान्य धुत्र्याई मात्र नभई जघन्य हत्या नै हो। रासस/सिन्ह्वा

 

प्रकाशित: १४ फाल्गुन २०७३ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App