४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारलाई दिएको समर्थन ४८ घण्टाभित्र फिर्ता लिन्छौंः सुमन

काठमाडौं– मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। 

‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनै पनि क्षण फिर्ता लिन सक्छौं,’ उनले भने, ‘हामी कुनै पनि बेला सरकारसँगको सम्बन्ध विच्छेद गर्छौंं।’ 

यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्ये एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे। यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भए पनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो। 

‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ,’ उनले भने, ‘अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। 

९ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने, ‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वतृत्वकलामा भाग लिईरहेका छन्।’ 

उनले सरकारले चाह्यो भने एमालेविना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे। 

प्रकाशित: १४ फाल्गुन २०७३ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App